राहुल गान्धीको राजीनामा अस्वीकार

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६

- लोकसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले गरेको राजीनामा दिने निर्णय केन्द्रिय कार्यसमितिले अस्वीकार गरेको छ । पार्टीको केन्द्रिय कार्यसमितिले सर्वसम्मतीले राजिनामा अस्वीकार गर्दै चुनौतीपूर्ण अवस्थामा पार्टीको बागडोर सम्हाल्न आग्रह गरेको पक्रकार सम्मेलनका त्रममा पार्टी प्रवक्ता सन्दीप सिंह सुर्जेवालाले बताउनुभएको हो ।

पार्टीको पुर्नगठन सहितका सम्पूर्ण निर्णयाधिकार समेत अध्यक्ष गान्धीलाई प्रदान गरिएको छ ।

निर्वाचनमा पार्टीको हार आशा भन्दा विपरित भएपनि पार्टी संकटमा नरहेको कार्यसमितिको दाबी छ । कंग्रेसका उत्तर प्रदेश र ओडिसाका राज्य प्रमुख राजबब्ब र निरञ्जन पट्नायकले पदबाट राजिनामा दिनुभएको छ 


प्रतिक्रिया