प्रधानमन्त्री कपमा एपीएफ विजयी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६ | काठमाडौं

- प्रधानमन्त्री कप एकदिबसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदानमा विभागीय एपीएफले प्रदेश ३ विरुद्ध ४१ रनको जित हात पार्‍यो । एपीएफले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र २ सय ४७ रन जोड्यो ।

ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गर्दै १ सय १७ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । कप्तान पारस खड्काले ४६ र रित गौतमले २७ रन जोडे । एपीएफका कमल सिंहले ३  र अविनास बोहोराले २ विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङ गरेको  एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८८ रनको योगफत तयार पारेको थियो । सुमित मर्हजनले ९४, पृथृ बास्कोटाले ५९, प्रदिप ऐरिले ४० रन जोडे । प्रदेश ३ का जितेन्द्र ठकुरी र नन्दन यादवले समान ३ विकेट झारे ।

  

प्रतियोगितामा भोलि २ खेल हुनेछन् । कीर्तिपुर मैदानमा प्रदेश १ र विभागीय आर्मी भिड्दा मुलपानी मैदानमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् । 


प्रतिक्रिया