बुद्ध एयरले काठमाडौं–कोलकत्ता उडान सुरु गर्ने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १२, २०७६ | काठमाडौं

- नीजि क्षेत्रको बुद्ध एयरले काठमाडौं कोलकत्ता उडान सुरु गर्ने भएको छ । काठमाडौंबाट कोलकत्ताका लागि भोली बिहान ८ बजे एउटा उडान गरिने र आगामी जुलाई १ देखि नियमित उडान हुने बुद्ध एयरले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि काठमाडौं कोलकत्ता उडान गर्न लागिएको बुद्ध एयरका व्यवस्थापकीय निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । काठमाडौंदेखि कोलकत्ताका लागि दुईतर्फी भाडादर २२ हजार रुपैयाँ कायम गरिएको छ ।

कोलकत्तापछि गुवाहाटीमा पनि सेवा बिस्तार गर्ने कम्पनीले जनाएको छ । नेपालमा बढ्दो पर्यटकीय सम्भावना र होटल व्यवसायहरुको चाप र दक्ष जनशक्तिको दायरा फराकिलो भएकाले पनि अन्तर्राष्ट्रिय उडानले थप मद्दत पुग्ने निर्देशक बस्नेतको भनाई छ । 

 


प्रतिक्रिया