बैतडीमा शंकास्पद वस्तु भेटियो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | बैतडी

बैतडीको दोगडाकेदार गाउँपालिकामा आज (सोमबार) बिहानै शंकास्पद वस्तु फेला परेको छ । वडा नम्बर ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु भेटिएको हो ।

प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा ती वस्तु राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ ।

शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ डिस्पोजलका लागि बैतडीस्थित हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताउनुभयो । नेक्रवित्रम चन्द विप्लव समूहको आज नेपाल बन्द रहेकोले चन्द समूहले सो शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान प्रहरीको रहेको छ ।


प्रतिक्रिया