बर्दिबास नगरपालिकाको गेटमा शंकास्पद वस्तु भेटियो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | महोत्तरी

महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शंकास्पद वस्तु फेला परेको छ । कागजको कार्टुन भित्र प्रेसर कुकर र तारहरु भेटिएकाले त्यो बम भएको हुन सक्ने अनुमान गरिएको छ । सो शंकास्पद वस्तु बम भएको हुन सक्ने भएकाले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरी नावय उपरीक्षक निशान खड्काले बताउनुभयो ।

जिल्लामा बिहानै देखि बन्दको प्रभाव परेको छ । बजार, पसल तथा शैक्षिक संस्था बन्द छन् । बन्दका कारण छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

 


प्रतिक्रिया