विराटनगर र सुन्दर हरैँचामा शंकास्पद वस्तु फेला

जेष्ठ १३, २०७६ | विराटनगर

मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व पश्चिम राजमार्ग नजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउको बिजुलीको खम्बा नजिकै सो शंकास्पद वस्तु फेला परेको हो । भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।

सेनाको डिस्पोजल टोली अध्ययनका लागि त्यसतर्फ परिचालन भएको मोरङ प्रशासनले जनाएको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेकाले भित्र विस्फोटक पदार्थ राखिएको हुन अनुमान गरिएको छ ।

यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटिएको छ । सुरक्षाकर्मीले विस्फोटक वस्तु भेटिएको स्थानलाई घेरा हालेका छन् ।


प्रतिक्रिया