प्रधानमन्त्री कपमा एपीएफ र सुदूरपश्चिम भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

राजधानीमा जारी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा आज पनि २ खेल हुँदैछन् । कीर्तपुरस्थित क्रिवि त्रिकेट मैदानमा समूह एमा रहेका विभागीय एपीएफ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

बिहान ९ बजे सुरु खेलमा एपीएफ दोस्रो जितसँगै सेमिफाइनल नजिक पुग्ने योजनामा रहनेछ । पहिलो खेल खेल्न लागेको सुदूरपश्चिम पनि जितबाट प्रतियोगीताको सुरुवात गर्ने लक्ष्यमा रहेको छ । 

सोही समय मुलपानी क्रिकेट मैदानमा प्रदेश ३ र ५ आमने सामने हुनेछन् । पहिलो खेल गुमाएको पारस खड्का नेतृत्वको प्रदेश ३ पहिलो जितंसँगै अघिल्लो चरण प्रवेशको संभावना जिवितै राख्ने योजनामा रहनेछ । 

कृष्ण कार्की नेतृत्वको प्रदेश ५ पनि प्रतियोगीतामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । 

यसअघि हिजो भएका खेलमा पुलिसले कर्णाली तथा आर्मीले प्रदेश १ लाई पराजित गरेका थिए ।  


प्रतिक्रिया