विकास हुन नदिने तत्व सक्रिय छन् : प्रधानमन्त्री ओली

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताउनुभएको हो ।

उहाँले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सिलिण्डर बम हानेर आतंकित पारी लुटपाटका लागि क्रान्तिको नाम लिनु मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताउनुभयो ।

प्रतिवन्धित नेक्र वित्रम चन्द समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीले चेतावनी दिनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने स्पष्ट पार्नुभयो । संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाललाई मानव अधिकारमा कमजोर भएको देश हुन नदिने स्पष्ट पार्नुभयो ।

 


प्रतिक्रिया