सैनिक जवान मृत्यु : एक जना पक्राउ

जेष्ठ १३, २०७६ | सिरहा

सैनिक जवानको हत्यामा संलग्न रहेको अभियोगमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका ४ तेनुवापट्टीका ३८ वर्षीय मंगल साह छन् ।

साहलाई नेपाल भारत सीमाक्षेत्र माडरबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो । 

विदामा सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित घर गएका २५ वर्षीय अनिसकुमार सिंहलाई गत वैशाख २८ गते राति बिजुलीको पोलमा बाँधेर तेनुवापट्टीका स्थानीयले कुटपीट गरेका थिए ।

स्थानीयको कुटाईबाट गम्भीर घाइते भएका अनिसको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा जेठ १ गते मृत्यु भएको थियो ।

अनिस संखुवासभाको खाँदबारीस्थित बराहदल गुल्ममा कार्यरत थिए । 

 


प्रतिक्रिया