इलाममा ५ करोड लगानीमा चिया कारखाना स्थापना

जेष्ठ १९, २०७६ | विराटनगर

मुलुकमै चियाखेतीको उद्गम थलो प्रदेश १ को जिल्ला इलाममा नयाँ चिया कारखाना स्थापना भएको छ । पाँच करोड रुपैयाँ लगानीमा स्थानीय युवाले इलामको साँखेजुङमा कारखाना स्थापना भएको हो । दैनिक करीब ६ हजार किलो चिया प्रशोधन गर्ने सो कारखानाको लक्ष्य छ ।

हालका लागि भने दैनिक तीन सय किलो चिया संकलन भइरहेको सञ्चालक मध्येका एक गौरव तिम्सिनाले बताउनुभयो । कारखानाले प्रारम्भिक रुपमा अर्थोडक्स चिया उत्पादन गर्नेछ । केही समयपछि ग्रीन टी, हवाइट टी जस्ता फरक स्वादका चिया समेत उत्पादन गर्ने लक्ष्य सो कारखानाको छ ।

उत्पादित चिया भारत, पाकिस्तान, टर्की र इरानसम्म निकासी हुने जनाइएको छ । नयाँ स्थापना भएको यो कारखाना सहित इलाममा चिया कारखानाको संख्या दुई दर्जन भन्दा बढी पुगेको छ ।


प्रतिक्रिया