प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २२, २०७६ | विराटनगर

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ । विराटनगरस्थित अस्थायी मुकाममा दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट नीति कार्यक्रम पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशको प्रथम आवधिक योजना २०७६/२०८१ को अवधारणापत्रका आधारमा तयार पारिएको जनाएको छ । 

नीति तथा कार्यक्रमअघि प्रदेश सरकारले प्रथम आवधिक योजनाको आधारपत्रलाई स्वीकृत गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने तयारी प्रदेश सरकारको छ ।

मुख्य मन्त्री शेरधन राईले मझौला आकारका योजना प्रदेश सरकारले सञ्चालन गर्ने अनि साना प्रकृतिका योजनाका लागि स्थानीय तहलाई सघाइने बताउँदै आउनुभएको छ ।


प्रतिक्रिया