बालिकामाथि जबरजस्ती करणी, अभियुक्त पक्राउ 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २२, २०७६ | काठमाडौं

- जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुर्खेतबाट एक युवकलाई पक्राउ गरेको छ ।

बीरेन्द्रनगर नगरपालिका–२ फलाटेकी ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले स्थानीय १८ वर्षीय अमित कुमाललाई पक्राउ गरेको हो ।

बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरी चौकी बाङगेसिमल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कुमाललाई पक्राउ गरेको हो ।   

 


प्रतिक्रिया