प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २३, २०७६ | काठमाडौं

प्रदेश १ को आगामी आर्थिक वर्ष २०७६/७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । विराटनगरस्थित अस्थायी मुकाममा बस्ने प्रदेशसभा बैठकमा प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

प्रदेश एक सरकारले हिजै नीति तथा कार्यक्रम ल्याउने तयारी गरेपनि मुस्लिम धर्मावलम्वीको पर्व इद उलफित्रको सार्वजनिक बिदा परेपछि आजलाई सारिएको हो । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ ।

प्रदेश सरकारको पहिलो आवधिक योजना २०७६/२०८१ को अवधारणापक्रका आधारमा यस आर्थिक वर्षको नीति तथा कार्यत्रम तयार पारिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । सरकारले प्रथम आवधिक योजनाको आधारपत्रलाई स्वीकृत गरिसकेको छ ।


प्रतिक्रिया