१० महिनामा ४४ अर्बको खाद्यान्न आयात

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २४, २०७६ | काठमाडौं

- चालु आर्थिक वर्षको १० महिनामा भारत लगायतका मुलुकबाट ४४ अर्ब रुपैयाँ बढीको खाद्यन्न आयात भएको छ । माग अनुसारको आपुर्ति हुन नसक्दा खाद्यन्नमा वर्षेनि परनिर्भरता बढदै गएको हो । भन्सार विभागको तथ्याङक अनुसार बैशाख मसान्तसम्म ४४ अर्ब १४ करोड ६० हजार रुपैयाँ बराबरको चामल, मकै, गहु लगायतका खाद्यान्न आयात भएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ७७ करोड ५३ लाख ९६ हजार रुपैयाँले बढी हो । गत वर्ष ३६ अर्ब ३६ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको खाद्यन्न मुलुक भित्रिएको थियो । मुलुकमा अर्बौ रुपैयाँको खाद्यन्न आयात हुँदा २ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङक छ ।

भारतसहित चीन, थाइल्यान्ड, बंगलादेशबाट खाद्यान्न आयात हुने गरेको छ । खेतीयोग्य जमिन घट्दै गएको र काम गर्ने जनशक्ति अभावले माग अनुसार उत्पादन नहुदा ठुलो परिमाणमा खाद्यन्न आयात हुदै आएको छ ।

 


प्रतिक्रिया