रामकृष्ण ढकालको ‘तिम्रो महल’ सार्वजनिक 

काठमाडौं

    जेष्ठ २७, २०७६

    - नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ । माधव ढकालको शब्द र गैरे सुरेशको सुमधुर संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ ।  

    भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन्  । गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ । 

     

    प्रकाशित:जेष्ठ २७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्