चीन बाढीको चपेटामा 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २८, २०७६ | काठमाडौं

- चीनको दक्षिण गिझोउ प्रदेशमा बाढीको चपेटामा परी ५ जनाको मृत्यु भएको छ । हजारौं सर्वासाधारण बाढीग्रस्त क्षेत्रमा फसेको बीबीसीले उल्लेख गरेको छ । बाढीका कारण सयौं घर डुबेका छन् । भने हजारौं हेक्टरमा लगाएको बाली नष्ट भएको छ ।

चीनको मौसम विभागले जुन महिनामा उच्च वर्षा भएको जनाएको छ । गिझोउ सँगै झियाङ्सी, हुनान प्रान्तमा समेत भारी वर्षा भएको छ । जियाङसी राज्यमा १ लाख ५० हजार मानिस विस्थापित भएका छन् । जसका कारण केही स्थानमा पहिरो समेत गएको छ । चीनमा भएको वर्षाका कारण ताईवान समेत प्रभावित भएको छ । 

 


प्रतिक्रिया