अन्डर १९ क्रिकेटः पहिलो खलमा नेपालले म्यानमारको सामना गर्ने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २८, २०७६ | काठमाडौं

- मलेसियामा हुने एसीसी अन्डर १९ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सीलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाली टोलीले दोस्रो खेलमा सिंगापुर र तेस्रो खेलमा चाइनासँग प्रतिस्पर्धा गर्नेछ ।

आगामी जुलाई २ देखि ९ सम्म हुने प्रतियोगितामा नेपाल समुह ए मा छ । समुह बी मा आयोजकसहित भुटान, हङकङ र थाइल्याण्ड छन् ।

८ टोली सहभागी प्रतियोगितामा समुहका शिर्ष २ टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता टोली आगामी जुलाई–अगष्टमा श्रीलंकामा हुने एशिया कपमा छनोट हुनेछ । 


प्रतिक्रिया