संसदमा कृषि मन्त्रालयका लागि छुट्याईएको बजेटमाथि छलफल

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । छलफलको दोस्रो दिन आज वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका लागि छुट्याईएको बजेटका विभिन्न शीर्षकमा सांसदहरुले धारणा राख्नेछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।

आगामी सोमबार भित्र छलफल सक्ने र मंगलबारबाट सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ ।

हिजो पहिलो दिन युवा तथा खेलकुद, शहरी विकास र अर्थ मन्त्रालयका लागि विनियोजित रकमबारे छलफल भएको थियो । विनियोजन विधेयकमाथि दैनिक ५ घण्टा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । 


प्रतिक्रिया