जिम्मेवारी छाडेर जनप्रतिनिधि यार्सा टिप्न लेकतिर 

जेष्ठ २९, २०७६ | मुगु

मुगुका जनप्रतिनिधि आफ्नो जिम्मेवारी छाडेर यार्सा टिप्न पाटन उक्लिएका छन् । मुगम कार्मारोङ गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारी छोडेर पैसाकै लागि भन्दै यार्सा टिप्न पाटन क्षेत्र उक्लिएका हुन् । कार्यालपालिकाको बैठक वडा स्तरको कामकाजलाई छोडेर वडा नम्बर ३ का अध्यक्ष नुण्डुप तामाङ र वडा नम्बर ८ का अध्यक्ष दोर्बाछिरिङ तामाङ यार्सा टिप्न ठूलो काइकी पाटनतिर गएका हुन् ।

वडाअध्यक्षसँग कार्यपालिकाकी सदस्य सोनाम फुटिक तामाङ र पाल्मू तामाङ पनि यार्सा टिप्न लेक लागेकी छन् । पालिकाका अन्य वडा सदस्यहरु पनि यार्सा टिप्न पाटन गएका छन् । यार्सा संकलनबाट धेरै आम्दानी हुने भएपछि जनप्रतिनिधिहरु आफ्ना जिम्मेवारी त्यागेर यार्सा टिप्न हिँडेका हुन् ।

यो वर्ष मात्र नभएर गत वर्ष पनि जनप्रतिनिधि यार्सा टिप्न पाटन गएका थिए । केही वडा अध्यक्ष र सदस्यहरु यार्सा टिप्न पाटन उक्लेका र कार्यपालिकाको बैठकमा नआएका गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाले बताउनुभयो । 


प्रतिक्रिया