कैलालीमा फेरि हावाहुरी र वर्षा, पीडामाथि पीडा 

जेष्ठ २९, २०७६ |  धनगढी

कैलाली–कञ्चनपुरमा मंगलबार बिहान फेरि हावाहुरी चलेको छ । हुरीसँगै वर्षा हुन थालेपछि गत बिहीबारको हुरीले घरको छानो उडाएका परिवारहरु थप समस्यामा परेका छन् ।

‘कहाँ जाउँ, कसो गरुँ भन्ने अवस्था आएको छ’ धनगढी १२ जुगेडाका जनक सुनारले भने ‘घरको छानो छैन, त्यसैमा पानी आएपछि ज्यान जोगाउनै मुस्किल भइसक्यो ।’

यसअघि आएको हावाहुरीले कैलालीमा २ हजार १ सय १६ घरपरिवारको छानो उडाएको छ । ती मध्ये धेरैले त्रिपाल पनि पाएका छैनन् । उनीहरुमध्ये धेरैको खुला आकाशमुनि बास बस्न बाध्य छन् । 


प्रतिक्रिया