समितिको अपरिपक्व निर्णयले विकृती निम्त्यायो : सांसद विजय सुब्बा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धी लोकसेवा आयोगको विज्ञापन रद्द गर्न प्रतिनिधिसभाको राज्य ब्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन अपरिपक्व भएको सांसद विजय सुब्बाले बताउनु भएको छ । समितिका सदस्य समेत रहेका सत्ता नेतृत्वकर्ता दल नेकपाका सांसद सुब्बाले समितिको पछिल्लो निर्णय अपरिपक्व भएको भन्दै यसले गम्भीर विकृती सिर्जना गर्ने बताउनुभयो । रेडियो कान्तिपुरको कार्यक्रम दी हेडलाईनर्समा कुरा गर्दै सत्तारुढ समिति सदस्य समेत रहेका सुब्बाले संवैधानिक हिसाबले लोक सेवाको विज्ञापनमा त्रुटि नरहेपनि समितिले गलत निर्णय गरेर अनावश्यक द्धन्द निम्त्याएको आरोप लगाउनुभयो । 

आफ्नै पार्टीका सांसदहरुले सरकारी निर्णयको बचाउ गर्न नसकेको भन्दै यसले गलत नजिर स्थापित गरेको उहाँले उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया