मुगुमा गर्मी बढेपछि बिहान पढाई 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

अत्यधिक गर्मी बढेपछि मुगुका सामुदायिक विद्यालयले बिहान कक्षा सञ्चालन गरेका छन् । गर्मीका कारण जिल्लामा विद्यार्थीहरु बिरामी हुन थालेपछि सबै सामुदायिक विद्यालयले बिहान ६ देखि ११ बजे सम्म कक्षा सञ्चालन गरेका छन् ।

छायाँनाथ रारा नगरपालिकाको हेन्नीकाँध, तलितुम, कार्कीबाडा, सेतीबाडा, निगाले, ठिनी लगायत सामुदायिक विद्यालयहरुमा बिहानबाट कक्षा सुरु भएका हुन् । गर्मीका कारण विद्यार्थी नआउने तथा उपस्थित भएकाहरु पनि बिरामी पर्न थालेपछि बिहान पठनपाठन सुरु गरिएको हेन्नीकाँध प्राविका शिक्षक रंगबहादुर कार्कीले बताउनुभयो । 


प्रतिक्रिया