नुवाकोट गोल्डकपमा संकटा र च्यासल भिड्दै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज संकटा क्लब र च्यासल युथ क्लवबीच प्रतिस्पर्धा हुँदैछ । नुवाकोटको बट्टारस्थित स्थानीय क्याम्पसको मैदानमा साँझ पौने ५ बजेपछि दुई टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।

क्वार्टरफाइनलमा संकटाले विभागीय त्रिभुवन आर्मीलाई तथा च्यासलले मनाङ मर्स्याङदीलाई हराउदै सेमिफाइनलमा स्थान बनाएका हुन् । बलिया प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनल पुगेकाले फाइनलमा स्थान बनाउन दुवै टोली उत्साहित देखिन्छन् । 

आजको विजेताले उपाधिका लागि आयोजक नुवाकोट ११ संग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई १–० ले हराउदै आयोजकको टोलीले प्रतियोगिताको उपाधि यात्रा तय गरेको हो । उपाधि बिजेताले ६ तथा उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । 

 


प्रतिक्रिया