पोखरामा गोली चल्यो, एक घाईते

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | पोखरा

कास्कीको पोखरास्थित उत्तम चोकमा प्रहरीले गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर पोखरा महानगरपालिका–१० का जोन भनिने गोविन्द थापा घाईते भएका छन् । लागूऔषध कारोबारी थापालाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको एसपी दानबहादुर कार्कीले बताउनुभयो ।

बायाँ खुट्टामा गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाटमा  उपचार भईरहेको छ । उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध बरामद गरेको छ ।  


प्रतिक्रिया