पाकिस्नानविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित 

जेष्ठ ३०, २०७६ | एजेन्सी

ईङल्याण्डमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले तेस्रो जित हात पारेको छ । पछिल्लो खेलमा गएराति पाकिस्तानलाई ४१ रनले हराउँदै अष्ट्रेलिया, तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । 

अष्ट्रेलियाले दिएको ३ सय ८ रनको चुनौती सहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान ४५ दशमलव ४ ओभरमा २ सय ६६ रनमा समेटियो । जित नजिक पुगेरपनि पछिल्लो क्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा पाकिस्तान जारी विश्वकपमा दोस्रो हार ब्यर्होन बाध्य भयो । ईमाम उल हकले ५३ रन बनाएको पाकिस्तानको इनिङ्समा महम्मद हाफिजले ४६, बहाव रियाजले ४५, कप्तन सर्फराज अहमदले ४० र हसन अलीले ३२ रन बनाए । 

अष्ट्रेलियाका पाट कुमिन्सले ३ तथा केन रिचार्डसन र मिचेल स्टार्सले समान २ विकेट लिए । यसअघि टाउन्टनमा पहिले ब्याटिङ गरेको कंगारु टोलीले डेभिड वार्नरको शतक र एरोन फिन्चको अर्धशतक मद्दतमा ६ बल अगावै सबै विकेट गुमाएर ३ सय ७ रनको उच्च योगफल तयार पारेको थियो ।

वार्नरले १ सय ७ रन बनाएको इनिङसमा फिन्चले ८२ र सउन मार्सले २३ रनको योगदान गरे । पाकिस्तानका महम्मद आमिरले ५ तथा साहिन अफ्रिदिले २ विकेट लिए । ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया न्यूजिल्याण्डसँग समान अंक भएपनि रनरेटमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको पाकिस्तान तालिकाको आठौं स्थानमा झरेको छ । 


प्रतिक्रिया