सरकार विरोधी प्रदर्शन सुनियोजित दंगा : क्यारी लाम

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३०, २०७६ | एजेन्सी

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सरकार विरोधी बृहत प्रदर्शनलाई सुनियोजित दंगा भएको बताउनुभएको छ । प्रहरी र प्रदर्शनकारीबीचको तनाव कुनै पनि सभ्य समाजमा स्वीकार गर्न नसकिने उहाँको भनाई छ ।

हङकङमा हत्या, हिंसा तथा बलात्कार लगायत आपराधिक क्रियाकलापमा संलग्नहरुलाई चीनको न्यायिक व्यवस्था अनुसार कारबाही हुने प्रकारको विद्येयक सरकारले पारित गर्न लागेपछि त्यहाँ ४ दिनसम्म बृहत प्रदर्शन भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुको भीडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र रबर बुलेट चलाउँदा ७२ जना घाईते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर छ ।

एम्नेष्टी र विभिन्न मानव अधिकारवादी संस्थाहरुले सरकारले नागरिक माथि बल प्रयोग गरेको आरोप लगाउँदा सरकारले अन्य विकल्प नभएको जनाएको छ । साथै, हङकङमा प्रदर्शनका बेला चीनबाट सुरक्षा बल ल्याईएको भन्ने समाचार समेत सत्य नभएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ । 

विद्येयकको विरोधमा चर्को जनदबाब पछि सो विद्येयक रद्द हिजो गरिएको थियो । चीन स्वशासित हङकङका जनताको विरुद्धमा ल्याईएको भनिएको सो विद्येयकले विपक्षी पार्टीहरुलाई समेत लक्षित गरेको बताईएको छ । सरकारले भने सो विद्येयक नागरिकका मानव अधिकारको प्रत्याभूति दिलाउने खालको भएको दाबी गर्दै आएको छ । सो विद्येयकबारे निर्णय अब जुन महिनाको २० तारिखमा अन्तिम मतदानपछि मात्र हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया