अण्डर १९ टोली अनौपचारिक प्रशिक्षणमा  

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३०, २०७६ | काठमाडौं

- एसीसी अण्डर १९ ईष्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीले आजदेखि प्रशिक्षण सुरु गरेको छ । प्रतियोगिता आउन ३ सातामात्र बाँकी रहँदा औपचारिक क्याम्प सुरु हुन नसकी रहेका बेला मुख्य प्रशिक्षक विनोद दासले उपत्यका रहेका युवा खेलाडीका लागि प्रशिक्षण शुरु गरेका हुन् । ईष्टर्न रिजन प्रतियोगितामा नेपाल रहेको समुह ए मा चीन, म्यानमार र सिंगापुर छन् । अर्को समुहमा आयोजक मलेसिया, भुटान, हङकङ र थाईल्याण्ड छन् ।

प्रतियोगिताका लागि आजसम्म खेलाडीको नाम पठाइ सक्नुपर्ने भएपनि खेलाडी छनोट गर्न नसकिएको प्रशिक्षक दासले बताए । आगामी असार १५ गतेबाट मलेसियामा हुने प्रतियोगिताका लागि नेपाली टोली करिब २ साताको मात्रै प्रशिक्षण गर्नेछ । पहिलो खेलमा नेपालले आगामी असार १७ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । केही समय अघि मात्र नेपाली टोलीले मलेसियामै आईसीसी अण्डर १९ विश्वकपको छनोट खेल खेलेकाले सोही टोलीमा रहेका खेलाडी यसपटक पनि दोहोरिने सम्भावना छ ।

 


प्रतिक्रिया