नुवाकोट गोल्डकपको उपाधिका लागि आयोजक र संकटा भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | नुवाकोट

दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबलको उपाधिका लागि आज आयोजक नुवाकोट ११ र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । गोल्डकपको उपाधि भिडन्त नुवाकोटको बट्टारस्थित स्थानीय क्याम्पसको खेल मैदानमा अपरान्ह ४ बजेपछि सुरु हुनेछ ।

सेमिफाइनलमा संकटाले च्यासल युथ क्लबलाई तथा नुवाकोटले विभागीय नेपाल पुलिसलाई हराउँदै उपाधि यात्रा तय गरेका हुन् ।

राष्ट्रिय टोलीबाट समेत खेलिसकेका खेलाडी अनुबन्धन गरेको घरेलु टोली संकटालाई हराउँदै उपाधि जित्न चाहान्छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेको संकटा पनि आयोजकलाई स्तब्ध पार्दै उपाधि जित्ने योजनाका साथ मैदान उत्रनेछ । 

नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जारी प्रतियोगिताको उपाधि बिजेताले ६ तथा उपबिजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको थियो । 


प्रतिक्रिया