महिला विश्वकप फुटबलमा चीन र अष्ट्रेलिया विजयी 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | एजेन्सी 

फ्रान्समा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा चीन र अष्ट्रेलिया विजयी भएका छन् । समूह बी अन्तर्गतको खेलमा चीनले साउथ अफ्रिकालाई १–० ले हरायो । जारी महिला विश्वकप फुटबलमा चीनको यो पहिलो जित हो ।

यसअघिको खेलमा ऊ जर्मनीसँग १–० ले पराजित भएको थियो । समूह बी बाट दुबै खेलमा जित निकाल्दै जर्मनी प्रि क्वार्टरफाइनल प्रवेश गरिसकेको छ । समूह बी मा चीन र स्पेनको समान ३ अंक छ । यद्यपि, गोल अन्तरमा अघि रहँदै स्पेन दोस्रो र चीन तेस्रो स्थानमा छन् । 

गएराति नै समूह सी अन्तर्गतको खेलमा अष्ट्रेलियाले ब्राजिललाई ३–२ ले हराउँदै तालिकामा पहिलो अंक जोडेको छ । अष्ट्रेलिया, पहिलो खेलमा ईटालीसँग पराजित भएको थियो । खेलको पहिलो हाफमा २–१ ले पछि परेपनि अष्ट्रेलियाले दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्दै जित हात पारेको हो । खेलको ५८ औं मिनेटमा खेल बराबरीमा ल्याएको अष्ट्रेलियाले ६६ औं मिनेटमा उपहार गोल पाएको थियो । सो गोलकै मद्दतमा उसले ३ अंक हात पारेको हो । 

महिला विश्वकप फुटबलमा आज विभिन्न ३ खेल हुँदैछन् । आज समूह सी अन्तर्गतका जमैका र ईटाली तथा समूह डी अन्तर्गत जापान र स्कटल्याण्ड तथा इङल्याण्ड र अर्जेन्टिनाबीच खेल हुनेछ ।   


प्रतिक्रिया