चन्द कार्यकर्ता थुना मुक्त भए लगत्तै पक्राउ

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | काठमाडौं

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कास्की जिल्ला सचिव लगायत ९ जना नेता कार्यकर्ता अदालतको आदेशमा छुटेको केही घण्टामा पुनः पक्राउ परेका छन् । उच्च अदालत पोखराले बन्दी प्रत्यक्षीकरण मुद्दामा रिहा गर्न आदेश दिएपनि जंगबहादुर भण्डारी लगायत ९ जनालाई प्रहरीले मध्यरातमा पुनः पक्राउ गरेको हो । अदालतले रिहाईको आदेश दिइपनि अदालत परिषरमा प्रहरीको बाक्लो उपस्थिति देखेपछि उनीहरु उच्च अदालत बार एशोसिएसनको कार्यालयमा बसेका थिए । आफ्न्त अधिकारकर्मीहरु सँगै रहेका उनीहरुलाई प्रहरीले मध्यरातमा बारको कार्यालयबाटै पुनः पक्राउ गरेको हो । जेठ २५ मा कास्कीको घान्द्रुकबाट पक्राउ परेका १८ मध्ये ९ जनामाथि प्रहरीले राज्य विरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो । तर, आफ्न्तले गैरकानूनी पक्राउ गरिएको भन्दै उच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए । उच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको इजलासले उनीहरुलाई हिजो छाड्न आदेश दिएको थियो । उच्च अदालत पोखरा बार एशोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले अदालतको आदेश नमानेर सरकारले मानवअधिकारको धज्जी उडाएको आरोप लगाउनुभयो । प्रहरीको यस्तो रवैया स्वतन्त्र न्यापालिकामाथिको ठाडो हस्तछेप भएको उहाँको भनाई छ ।

मुख्य समाचार

* पूर्व शिक्षामन्त्री एवं नेकपा केन्द्रीय सदस्य धनीराम पौडेलको ह्दयघातका कारण निधन/ अध्यक्ष दाहालसहितका नेता चितवन जाँदै

* मुलुकभर रगतको चरम अभाव/ दैनिक २ सय पिन्ट रगत अपुग रहेको केन्द्रीय रक्तसञ्चार सेवाको भनाई 

* कञ्चनपुर र रामेछापमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु/ २२ बढी घाईते

* चीनसँगको व्यापारयुद्ध अन्त्य गर्न मागसहित ६ सय भन्दा बढी कम्पनीद्वारा अमेरिकाका राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण/ दुवै मुलुकको हितमा नरहेको दावी 

र 

* नुवाकोट गोल्डकप फुटबलको उपाधिका लागि आयोजक र संकटा क्लबबीच आज प्रतिस्पर्धा हुने/ विश्वकप क्रिकेटमा आज ईङ्ल्याण्ड र वेष्टइण्डिज भिड्ने   

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया