प्रधानसेनापति थापा चीन जादै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | काठमाडौं

- प्रधानसेनापति पूर्णचन्द्र थापा एक साता लामो चीन भ्रमणमा जान लाग्नुभएको छ । चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा पर्सि आईतबार एयर चाइनाको उडानबाट चीन जान लागेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति थापाको यो पहिलो चीन भ्रमण हो । 

भ्रमणका क्रममा प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवंम ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने, उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यतालिका सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले सार्वजनिक गरेको छ ।

भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास नेपाली सेनाको छ । 

प्रधानसेनापति थापासँगै श्रीमती दीपा थापा र कार्यरथी उपरथी अनन्त कार्कीसहित ८ जनाको टोली असार ७ गते स्वेदश फर्किने जंगी अड्डाले जानकारी दिएको छ । 

 


प्रतिक्रिया