साउदी बिमानस्थलमा हुथीको ड्रोन आक्रमण 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | काठमाडौं

- यमनको हुथी विद्रोहीले साउदी अरबको एक बिमानस्थलमा ५ वटा ड्रोन आक्रमण गरेको छ । दुई दिन अघि भएको आक्रमणमा २६ जना घाईते भएको घटना पछि आज ड्रोन आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।

साउदी अरबको खामिस मुसैहैतको आभा विमानस्थलमा आक्रमण भएको हो । पछिल्लो आक्रमणमा भएको क्षतिको विवरण साउदी प्रशासनले सार्वजनिक गरेको छैन । साथै विमानस्थलमा हवाई उडान तालिकामा समेत कुनै अवरोध आएको छैन । सो ड्रोनलाई निष्तेज पारेको साउदी गठबन्धन सेनाले दाबी गरेको छ । 

युद्धग्रस्त यमनमा संघर्ष गरिरहेको हुथी विद्रोही विरुद्ध साउदी गठबन्धन सेनाले कार्बाहि गरीरहेको छ । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार यमनमा द्धन्द्धका कारण मात्रै ७ हजार सर्वसाधारणको मृत्यु भएको छ । 

 


प्रतिक्रिया