प्रदेश २ मा छात्रालाई मासिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता

जेष्ठ ३१, २०७६ | काठमाडौं

- प्रदेश २ सरकारले कक्षा १ देखि ८ सम्म अध्ययनरत्त छात्रालाई मासिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले पर्सी आउने बजेटमा महिला शिक्षालाई प्रोत्साहन गर्न मासिक भत्ताको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले  आज जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले अशिक्षाले नै समाजिक कुरितिलाई मलजल गरेको बताउँदै छोरी शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले अशिक्षा हटाउन नसके समाजमा सुधार नहुने तर्क गर्दै अशिक्षा हटाउनमा सबैको सहयोग अपरिहार्य रहेको औल्याउनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला विरुद्धको हिंसा उन्मुलन गर्नको लागि निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । 

 


प्रतिक्रिया