रुपन्देहीका स्थानीय तह निर्माणमा व्यस्त 

जेष्ठ ३२, २०७६ | बुटवल

रुपन्देहीका १६ वटै स्थानीय तह अहिले बजेट निर्माणमा जुटेका छन् । आफ्नो पालिकालाई उत्कृष्ट बनाउने प्रतिस्पर्धा सहित उनीहरु बजेटको तयारीमा लागेका हुन् । रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका छन् । नगरपालिकाले पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट बनाउँदै छन् । गाउँपालिकाले कृषिलाई प्रमुख स्थान दिएका छन् । 

बजेट निर्माणका लागि स्थानीय विज्ञ, संघसंस्था, दलिय प्रतिनिधि लगायतबाट सुझाव संकलन थालेका छन् । स्थानीय तहले असार दोस्रो साता बजेट ल्याउँदै छन् । त्यसअघि नै  नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । अहिलेसम्म तिलोत्तमाले मात्रै आफ्नो नीति कार्यक्रम प्रस्तुत गरेको छ ।

अन्यले असार पहिलोसाता भिक्रै नीति कार्यत्रम ल्याउने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले माग र आवश्यकताका आधारमा बजेट बनाउन विज्ञको सुझाव सहितका प्रझावकारी कार्यक्रम सहितको नीति कार्यत्रम सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो । उपमहानगरले कृषि धपर्यटन र पूर्वाधारलाई प्राथमिकता दिने योजना बनाएको छ । 


प्रतिक्रिया