तेल ट्याङकर हमलामा इरान दोषी रहेको साउदीको दावी

रेडियो कान्तिपुर संवाददाता

असार १, २०७६ | एजेन्सी

– साउदी अरेबियाले खाडी क्षेत्रमा तेल ट्याङकरमाथि इरानले हमला गरेको दाबी गरेको छ । इरानलाई आफ्नो मुख्य प्रतिद्वन्दीका रुपमा लिदैं आएको साउदीले कुनै पनि खतराबाट मुलुक नडराउने भन्दै इरानलाई दोषी ठहर्याएको बीबीसीले जनाएको छ । साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले खाडी क्षेत्रमा तनाव बढीरहेको भन्दै संकोच नराख्ने उल्लेख गर्नु भएको छ ।

गत विहिबार ओमानको खाडी क्षेत्रमा दुईवटा तेल ट्याङकरमाथि  आक्रमण भएको थियो । एक महिना अघि संयुक्त अरब इमिरेट्सको तटिय क्षेत्रमा पनि तेल ट्याङकरलाई निशाना बनाइएको थियो । 

 


प्रतिक्रिया