अमेरिकाबाट आयात हुने वस्तुमाथि कर बढाउँदै भारत

रेडियो कान्तिपुर संवाददाता

असार १, २०७६ | एजेन्सी

– भारतले अमेरिकाबाट आयत हुने विभिन्न २८ वटा वस्तुमाथि कर बढाउने भएको छ ।  बदाम र स्याउ सहित विभिन्न २८ वटा बस्तुमाथी भारतले आजैदेखि कर बढाउन लागेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले निर्यात गर्ने आल्मुनियम र स्टीलमाथि कर बढाएपछि भारतले पनि यस्तो कदम चालेको हो । भारतले गत वर्षकै जुनमा ती उत्पादनमाथि एक सय २० प्रतिशतले कर बढाउने निर्णय गरेपनि व्यापार सम्बन्धि वार्ता जारी रहेकाले ढिलाई भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यही महिनादेखि भारतमाथिको कर फिर्ता लिने घोषणा गर्नु भएको थियो यद्यपि त्यो लागु भने भइसकेको छैन । भारतीय वित्त मन्त्रालयले यो निर्णय सार्वजनिक हितका लागि भएको समेत घोषणा गरेको छ । अमेरिकी तथ्यांक अनुसार सन् २००१ यता अमेरिका र भारतबीचको व्यापार एक सय ४२ डलर विलियनले वृद्दि भएको छ । 

 


प्रतिक्रिया