पाकिस्तान विरुद्ध इण्डियाको शानदार जित

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६

- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पछिल्लो खेलमा  इण्डिया विजयी भएको छ । चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई डकबर्थ लेबिस पद्धतीका आधारमा ८७ रनले हराउँदै ईण्डियाले, विश्वकप क्रिकेटमा पाकिस्तान विरुद्धको जितको श्रृंखला जारी राखेको हो ।

इण्डियाले दिएको ३ सय ३७ रनको उच्च चुनौती सहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले खेल प्रभावित भएपछि उसलाई ४० ओभरमा ३ सय २ रनको लक्ष्य दिइएको थियो । तर पाकिस्तानले ६ विकेट गुमाएर २ सय १२ रन मात्र बनाउन सक्यो । फाकर जमानले ६२, बाबर अजामले ४८ र ईमाद वासिमले नटआउट ४६ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । 

इण्डियाका बिजयशंकर, कुलदिप यादव र हार्दिक पाण्डेयाले समान २ विकेट लिए । यसअघि नोटिङघममा पहिले ब्याटिङ गरेको ईण्डियाले रोहित शर्माको शतक मद्दतमा ५ विकेट गुमाएर ३ सय ३६ रनको बिशाल योगफल तयार पारेको थियो ।

जारी विश्वकपमा दोस्रो शतक बनाउने क्रममा रोहितले १ सय ४० रनको ईनिङस खेले । कप्तान बिराट कोहलीले ७७ र लोकेश राहुलले ५७ रनको योगदान गरे । पाकिस्तानका महम्मद आमिरले ३ तथा हसन अली र वहाव रियाजले समान एक एक विकेट लिए । 

 


प्रतिक्रिया