एसइईको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | काठमाडौं

- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । 

मुलुकभरका उत्तरपुस्तिका परीक्षण एवं नम्बर इन्ट्रीको काम सम्पन्न गरेर रुजु भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।  उहाँले भन्नुभयो, ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । 

 


प्रतिक्रिया