एकै दिन ७ सय ९१ जना अवैध आप्रवासी नियन्त्रणमा

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६

- छिमेकी मुलुकहरुसँगको सीमा सुरक्षालाई कडा बनाएको मेक्सिकोले एकै दिनमा ७ सय ९१ जना अवैध आप्रवासीलाई नियन्त्रणमा लिएको छ । भेराक्रुज राज्यमा ४ वटा ट्रकमा लुकेर बसेको अवस्थामा उनीहरुलाई गत शनिबार नियन्त्रणमा लिएर आज सार्वजनिक गरिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

 अमेरिका प्रवेश गर्ने अवैध आप्रवासी नियन्त्रण नगरे आफ्ना सामग्रीमा करवृद्धि गर्ने अमेरिकी चेतावनीपछि मेक्सिकोले आप्रवासी प्रति कठोर नीति अपनाएको हो । भोकमरी तथा हिंसात्मक गतिवीधिबाट प्रभावित ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर लगायत देशका नागरिकहरु सुरक्षित जीवनयापनका लागि भन्दै अवैध रुपमा अमेरिका प्रवेश गर्ने गरेका छन् ।

त्यसका लागि उनीहरुले मेक्सिकोलाई प्रमुख नाका बनाउने गरेका छन् ।अमेरिका र अन्य छिमेकी मुलुकसँगको सीमा विशेष गरि दक्षिणी क्षेत्रमा राष्ट्रिय सुरक्षा गार्डको उपस्थिति बाक्लो बनाएको मेक्सिकोले जनाएको छ । ग्वाटेमाला सीमा क्षेत्रमा ६ हजार सुरक्षा गार्डहरु तैनाथ गरिएका छन् 

 


प्रतिक्रिया