गुठी विधयेकको विरोधमा राप्रपा संयुक्त पनि सडकमा 

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | काठमाडौं

गुठी विद्येयकको विरोधमा विभिन्न धार्मिक संघसंस्थासँगै राजनीतिक दलले पनि सडक संघर्ष सुरु गरेका छन् । पछिल्लो समय सो विद्ययेक फिर्ताको माग गर्दै चौतर्फी आन्दोलन सुरु जारी रहँदा राप्रपा संयुक्त पनि गुठी विद्ययेक विरुद्ध सडक संर्घषमा उत्रिएको हो ।

सो पार्टीले आज काठमाडौंका विभिन्न स्थानमा प्रर्दशन गरेकोसंर्घष समिति संयोजक राजाराम श्रेष्ठले जानकारी दिनुभयो । परम्परागत धार्मिक मूल्य र मान्यताका साथै सांस्कृतिक धरोहरमाथि अतिक्रमण गर्ने गरी विद्येयक आएको भन्दै विरोधमा आन्दोलन सुरु गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।  


प्रतिक्रिया