सल्यानबाट एक ट्याक्टर काठ सहित दुई पक्राउ

असार २, २०७६ | सल्यान

अवैध रुपमा ल्याउँदै गरेको सल्लाको काठ सहित दुई जनालाई प्रहरीले सल्यानबाट पक्राउ गरेको छ । शारदा नगरपालिका १३ स्थित सामुदायिक वनबाट बिना पूर्जी सल्लाका रुख काटेर लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय थारमारेको टोलीले रा १ त २०४७ नम्बरको ट्याक्टर सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चालक लोकबहादुर बोहरा र प्रकाश भारतीलाई डिभिजन वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । सामुदायिक वनको पूर्जी बिना रुख काटनेलाई कारबाही नगरी डिभिजन वन कार्यालय सल्यानले उल्टै सामुदायिक वनको जिम्मा लगाएको छ ।

वन ऐन अनुसार कारबाही गर्ने जिम्मा सामुदायिक वनलाई पनि भएकाले पक्राउमा परेका दुबैलाई सामुदायिक वन कार्यालयकै जिम्मा लगाको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकृत मनोज शर्मा लम्सालले बताउनुभयो ।


प्रतिक्रिया