बझाङमा जिप दुर्घटना हुँदा ६ को मृत्यु

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | काठमाडौं

बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिका तर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको बोलेरो जिप आज दिउँसो साढे तीन बजेतिर मष्टा गाउँपालिका वडा नम्बर १ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको हो ।

मृत्यु हुने सबै मष्टा गाउँपालिका १ कोटदेवलका रहेको भएपनि कसैको पनि सनाखत हुन सकेको छैन ।

जिपमा कति यात्रु थिए भन्ने एकीन नभएको प्रहरीले जनाएको छ । मानिसहरु सहजै जान नसक्ने भिरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाई भईरहेको घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाको सहयोगमा बाटो खनेर केही प्रहरी र स्थानीयहरु घटनास्थल पुगेको उहाँले बताउनुभयो । 

उद्धारकार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ । जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गरिरहेको र उद्धारको लागि हुम्लाको सिमिकोटबाट हेलिकप्टर मगाइएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो । 


प्रतिक्रिया