बझाङमा जिप दुर्घटना हुँदा ९ को मृत्यु, ६ घाइते (अपडेट)

असार २, २०७६ | बझाङ

बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको बोलेरो जिप आज दिउँसो साढे तीन बजेतिर मष्टा गाउँपालिका वडा नं १ मा पर्ने डौठ्या खोलाको घुम्तीबाट खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने सबै मष्टा गाउँपालिका १ कोटदेवलका रहेको भए पनि कसैको सनाखत हुन सकेको छैन ।जिपमा रहेका यात्रु संख्याबारे यकीन भएको छैन । मानिसहरु सहजै जान नसक्ने भिरमा जिप अड्किएकोले उद्धार गर्न कठिनाई भैरहेको घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।

साथै स्थानीयबासीको सहयोगमा बाटो खनेर पुगेका केही प्रहरी र स्थानीयलाई समेत भीषण वर्षा र हावाहुरीले अवरोध गरेको घटनास्थलमा रहेका डीएसपी सूर्यबहादुर केसीेले बताउनुभयो । हुम्लाबाट घाइतेलाई उद्धार गर्न पुगेको हेलिकप्टर पनि अवतरण गर्न समस्या भईरहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया