श्रमिकको आन्दोलनका कारण हायात होटेल बन्द

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | काठमाडौं

श्रमिकहरुको आन्दोलनका कारण काठमाडौंको बौद्धस्थित पाँच तारे होटेल हायात अनिश्चितकालका लागि बन्द भएको छ । होटेलसँग आवद्ध अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुरा मजदुर संघको हड्तालका कारण होटेल बन्द गर्न बाध्य भएको कम्पनीले जनाएको छ ।

मजदुरहरुको आन्दोलनका कारण पाहुनालाई आवश्यक सेवा सुविधा पुर्‍याउन नसक्ने भएपछि होटेल बन्द गर्नु परेको कारण सहित तारागाँउ रेजेन्सी होटल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ ।

आफ्ना माग पूरा गराउन मजदुरहरुले ब्यवस्थापन गलत प्रभाव तथा दबाब दिएको आरोप कम्पनीले लगाएको छ । होटेलमा कार्यरत १ देखि ४ तहका मजदुरहरु गत जेठ ३० गतेदेखि आन्दोलित छन्  ।  


प्रतिक्रिया