इनरुवामा एक जनामा डेंगु फेला पर्‍यो

असार २, २०७६ | सुनसरी

सुनसरीको इनरुवा नगरपालिकामा चार जनामा डेंगुको संक्रमण फेला परेको छ । सचेतना र विषादी छर्दाछर्दै पनि इनरुवामा डेंगुका चार बिरामी फेला परेका हुन् । पछिल्लो समय इनरुवा नगरपालिका ९ बबियाका ३५ वर्षीय सराज अन्सारीमा डेंगुको संक्रमण भेटिएको इनरुवा अस्पतालका वरिष्ठ अहेव गुणानन्द झाले बताउनुभयो ।

उनी हालैमात्र धरानबाट घर इनरुवा फर्किएका थिए । जिल्ला स्वास्थ्य कार्यालय इनरुवाले डेंगु परिक्षणको कीट अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको छ । 

धरानमा डेंगुको संक्रमण फैलिएपछि एक सातादेखि इनरुवा नगरपालिकाले पनि फगिङ मेशिनबाट लामखुट्टे मार्न दशैं वटा वडामा मालाथिन छर्ने काम गरिरहेको छ । इनरुवा नगरपालिकाले समेत विद्यालयमा विद्यार्थीलाई डेंगुका बारेमा सचेतना फैलाउन प्रधानाध्यापकहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । 

धरानमा महामारीको रुप लिएको डेंगुका कारण ४ सय बढी बिरामी छन् । झापा र मोरङमा समेत डेंगुको बिगबिगी छ । 


प्रतिक्रिया