भारतमा सिन्ड्रोमका कारण मृत्यु हुनेको संख्या सय नाघ्यो

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | बीबीसी

भारतको विहारमा अत्यधिक गर्मीसँगै फैलिएको एक्युट इन्सेफ्लाईटिस सिन्ड्रोमका कारण मृत्यु भएकाको संख्या १ सय पुगेको छ । मुजफ्फरपुरका अस्पतालमा मात्रै थप ३ सय ७५ बालबालिका उपचारका लागि भर्ना भएका छन् ।

पछिल्लो २४ घण्टा भित्र मात्र २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । महामारीकै रुपमा फैलिएको सिन्ड्रोम रोकथामका लागि सरकारीस्तरबाट हालसम्म भएका प्रयास असफल प्रायः देखिएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले प्रभावित क्षेत्रको अवलोकन गर्दै महामारी रोक्न सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।   


प्रतिक्रिया