नवयुगको प्रेरणामा मोरङ सेमिफाइनलमा 

असार २, २०७६ | उदयपुर

मोरङ फुटबल क्लब, उदयपुरमा जारी छैठौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । २–१ ले पछि परेको स्थिति उल्ट्याउदै मोरङले नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का ग¥यो । 

खेलमा अग्रता भने नवयुग श्रेष्ठको गोलबाट मोरङले १२ औं मिनेटमा लिएको थियो । १९ औं मिनेटमा पुलिसका रविन पासवानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४३ औं मिनेटमा विकास खवासले आत्मघाती गोलको उपहार दिएपछि पुलिस अग्रता बनाउन सफल भएको थियो ।

दोस्रो हाफको २५ औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बराबरीमा आएको थियो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । टाईब्रेकरमा पुलिस ४–२ गोल अन्तरमा पराजित भयो । 

प्रतियोगितामा भोली गोर्खा ब्वाईज रुपेन्देही र संकटा क्लव काठमाडौंबीच प्रतिस्पर्धा हुने । 

 


प्रतिक्रिया