अदालतमा बयान लगत्तै बेहोस इजिण्टका पूर्व राष्ट्रपति मोर्सीको निधन

रेडियो कान्तिपुर संवाददाता

असार ३, २०७६

- इजिण्टका पूर्व राष्ट्रपति मोहमद मोर्सीको निधन भएको छ । कायरोको एक अदालतमा बेहोस भएर लडेका ६७ वर्षिय मोर्सीको निधन हृदयाघातका कारण मृत्यु भएको बताइएपनि स्पष्ट कारणबारे केही खुलाइएको छैन । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सी आफूविरुद्धको जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित भएका थिए ।

जासुसी सम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए । बाहिरको आवाज सुन्न नसकिने साउन्ड प्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाच मिनेट बयान दिएको बीबीसीले उल्लेख गरेको छ । मुर्सी सन् २०१२ मा निर्वाचित  भएपनि त्यसको एक वर्षपछि सेनाले उनलाई  अपदस्थ गरेको थियो  । त्यसयता उनी जेलमा थिए । अरब जगतमा भएको जनप्रदर्शनपछि सन् २०१२ मा मोर्सीको उदय भएको थियो । मुस्लिम ब्रदरहुडका प्रवक्ताले भने मुर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको दाबी गरेका छन् । 

 


प्रतिक्रिया