मुलुक बनाउन अन्तर पार्टी सम्बन्ध बलियो हुनुपर्छ : डा. शेखर कोईराला

रेडियो कान्तिपुर संवाददाता

असार ३, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 18 June 2019

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले भाषण र गफले मात्र मुलुक नबन्ने बताउँदै मुलुकको समृद्धिका लागि अन्तर पार्टी सम्बन्ध सुमधुर बनाउन आवश्यक रहेको बताउनुभएको छ । हरेक बिषयमा सबै पक्षको सहमतिबाट अघि बढे मात्र मुलुकको मुहार फेरिने भन्दै नेता कोईरालाले त्यसमा सत्तारुढ दलसंगै अन्य दलहरु पनि चुक्दै गएको बताउनुभयो । 

रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता कोईरालाले वर्तमान आन्दोलन र असन्तुष्टि त्यसैको उपज भएको उल्लेख गर्नुभयो । सरकारले विद्येयक तयार गर्दा पनि सरोकारवालाहरुसंग छलफल नगरी हचुवाका भरमा ल्याएकाले आफैं अप्ठेरोमा परेको उहाँको तर्क थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया