अफगानिस्तानविरुद्ध ईङल्याण्डको शानदार जित

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

– आईसीसी विश्वकप क्रिकेटमा आयोजक ईङल्याण्डले अफगानिस्तानविरुद्ध शानदार जित हात पारेको छ । गएराती सकिएको खेलमा १ सय ५० रनको फराकिलो जित निकाल्दै ईङल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अष्ट्रेलियासंग समान ८ अंक भएपनि नेटरनरेटमा अघि रहदै ईङल्याण्ड शीर्ष स्थानमा पुगेको हो । 

३ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अफगानिस्तनले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो । हस्मतुल्लाह साहिदीले ७६, रहमत शाहले ४६ र असघर अफगानले ४४ रन बनाएको ईनिङसमा अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । 

ईङल्याण्डका आदिल रसिद र ओफ्रा आर्चरले समान ३ तथा मार्क उडले २ विकेट लिए । 

यसअघि म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको ईङल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ९७ रनको बिशाल योगफल तयार पारेको थियो । जारी विश्वकपमा यो नै सर्वाधिक स्कोर हो । किर्तिमानी ईनिङस खेल्ने क्रममा कप्तान ईयोन मोर्गनले १७ छक्का र ४ चौकाको मद्धतमा १ सय ४८ रन बनाए । उनी एकै ईनिङसमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् । जोनी ब्रेष्टोले ९० र जोए रुटले ८८ रनको योगदान गरे । 

अफगानिस्तानका दौलात जर्दान र गुल्बादिन नाईवले समान ३ विकेट हात पारे । विश्वकप क्रिकेटमा अफगानिस्तनको यो लगातार पाँचौ हार हो ।   


प्रतिक्रिया